image
image

सुदूरपश्चिमको बजेट पारित

काठमाडौँ, १४, असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट सोमबार बहुमतबाट पारित भएको छ ।सभामुख अर्जुनबहादुर थापाले आगामी आर्थिक वर्ष ०७८/७९ राजस्व र व्ययको वार्षिक अनुमान बजेट र उक्त बजेटसँग सम्बन्धित अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक निर्णयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र एमालेको ओली समूहले असहमति जनाएका थिए ।

बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको विषयगत मन्त्री र एकमुष्ट रूपमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले जवाफ दिएका थिए । बजेट तथा योजना विनियोजनमा बिचौलियाको चलखेल भएको र सेटिङ गरिएको भन्ने आरोपप्रति मन्त्री शाहले असहमति जनाए । ‘बजेटमा बिचौलियाको चलखेल भएको भन्ने आरोपमा मेरो गम्भीर असहमति छ,’ मन्त्री शाहले भने, ‘कसैले स–प्रमाण ल्याएमा त्यस्ता कार्यक्रम र योजना रोक्का र खारेज गर्न म प्रतिबद्ध छु ।’

उनले वार्षिक कार्यक्रम पुस्तिकामा दोहोरो परेका, नाम र ठेगाना फरक परेका योजना तत्काल सच्याइने बताए । साथै उनले बजेट कार्यान्वयनप्रति शंका नगर्न पनि अनुरोध गरे । उनले भने, ‘योजनाहरूको कार्यान्वयन र उपलब्धिहरूको लेखाजोखा गर्न तेस्रो पक्षीय अनुगमन संरचना निर्माण गर्छौं ।’

आगामी आर्थिक वर्षको कुल बजेट ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको रहेको छ । पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार (५८ दशमलव २ प्रतिशत) र चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख ३ हजार ९३५ दशमलव १ चालु० विनियोजित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।