image
image

कृषकलाई स्याउका बिरुवा  अनुदानमा वितरण 

काठमाडौं माघ २३ । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले  ७५ प्रतिशत अनुदानमा १२ हजार स्याउका बिरुवा वितरण गरेको छ । गाउँपालिकाका कृषकलाई व्यावसायिक बन्न थप मद्दत मिलोस् भन्ने हेतुले अनुदानमा बिरुवा वितरण गरिएको बताए । 

वितरण गर्ने क्रममा गाउँपालिकाले छ हजार स्याउका बिरुवा वितरण गरेको छ । बाँकी छ हजार बिरुवा भने कृषकको मागका आधारमा वितरण गरेको गाउँपालिकाका कृषि प्राविधिक सन्तोष ओलीले जानकारी दिए ।

 एक स्थानीय तह एक उत्पादन कार्यक्रममा जोड दिदैं उक्त गाउँपालिकाले रेड, गोल्डेन र रोयल डेलिसियस जातको स्याउका बिरुवा वितरण गरिएको छ । यस्तै कृषककै मागका आधारमा गाउँपालिकाले इटालीबाट पनि स्याउका बिरुवा मगाएको छ ।स्याउका विरूवा अनुदानमा पाएकाले कृषकहरु हर्षित भएका छन् ।   
      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।