अत्याधुनिक धान रोप्ने मेसिन ९ राईस टान्सप्लान्टर किसानलाई हस्तान्तरण
काठमाडौँ, १४, असार । भरतपुर महानगरपालिकाले कृषि यान्त्रिकरणमा जोड दिन थालेको छ ।महानगरपालिकाको कृषि तथा पशुपन्छि व्यवसाय प्रर्वद्धन शाखाले धान रोप्ने अत्याधुनिक मेसिन ९ राईस टान्सप्लान्टर किसानलाई आज हस्तान्तरण गरेको छ ।
५० प्रतिशत अनुदानमा बृहश्पती आधुनिक एग्रो फर्मलाई १ वटा मेसिन हस्तान्तरण गरिएको हो ।भरतपुर महानगर २६ को दिव्यनगरमा एक कार्यक्रम गरि महानगर प्रमुख रेनु दाहालले सो मेसिन एग्रो फर्मलाई हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण संगै मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह ठकुरीले मेसीन मार्फत खेतमा धान समेत रोपेका थिए ।चितवन अन्न उत्पादनका हिसावले धेरै उर्वर रहेको र यहाँ धान रोप्ने अत्याधुनिक मेसिन किसानलाई हस्तान्तरण गर्न पाउदा आफुलाई धेरै खुसि लागेको मेयर दाहालको भनाई थियो ।
दाहालले आगामी दिनमा पनि कृषिमा आधुनिकिकरण र यान्त्रिकरण प्रयोग गरी लागत घटाउने र उत्पादन बढाउने कामका लागि आफ्नो टिमले धेरै कामहरु गर्ने बताउनुभयो