image
image

जीवन विकासमा आवेदक संख्या १७ लाख नाघ्यो

 काठमाडौँ, १४, असार । जीवन विकास लघुवित्तको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या १७ लाख नाघेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सोमबार बिहान १०ः४० बजेसम्ममा २ करोड ५७ लाख ८६ हजार ११० कित्ताका लागि आवेदन परेको छ । हालसम्म कुल १७ लाख २ हजार २७९ जनाले आवेदन दिएका छन् । आइपीओ भर्ने समय मंगलबारसम्म रहेकाले जीवन विकासको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या हालसम्मकै उच्च हुने सम्भावना बढेको छ । 
 
यसअघि ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा हालसम्मकै उच्च १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएका थिए । जीवन विकासले यसलाई पनि पछि पार्ने देखिएको छ । जीवन विकासको आइपीओमा सर्वसाधारणबाट हालसम्म मागभन्दा १३।९९ गुणा बढी आवेदन परिसकेको छ ।

कम्पनीले असार ११ गतेदेखि कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणलले आवेदन दिन सक्नेछन् । कुल निष्कासित इकाईमध्ये ०.५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आइपीओमा मंगलबार (असार १५ गते) सम्म आवेदन दिन सकिन्छ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यसमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।