image
image

कोरोना विमा बाट उठ्यो ३ अर्ब ५५ करोड  

काठमाडौं माघ २३ ।  सरकारले कोरोना संक्रमितलाई लक्षित् गरि कोरोना बिमा कार्यक्रम ल्याएको छोटो समयमा धेरैले बिमा गरेका छन् ।  बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार कोरोना बिमा बापत ३ अर्ब ५५ करोड बढि भुक्तानी भएको छ । माघ २२ गते विहीबार सम्ममा उक्त सङ्ख्यामा उक्त रकम भुक्तानी भएको बताएको छ। 
यस अवधिमा देश भर बाट  ६५ हजार ५१९ वटा दाबी परेका छन् । यो अवधिमा दाबीका लागि आवश्यक कागजात पुगेका ३६ हजार ५६९ दाबीको भुक्तानी भएको छ ।

बीमा समितिका अनुसार  दाबीका लागि आवश्यक कागजात नपुगेका तीन हजार ३७५ वटा फाइल सम्बन्धित कम्पनीमा नै फिर्ता भएका छन् । आठ हजार ५५४ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

समितिका अनुसार ९ हजार ८२४ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् भने एक हजार ९५९ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।