कृषकलाई बङ्गुरका पाठापाठी वितरण
काठमाडौँ, १४, असार । कैलालीको जानकी गाउँपालिकाले १० जना किसानलाइए बङ्गुरका पाठापाठी वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्र व्यावसायिकरुपमा बङ्गुर पालन गरिरहेका किसानलाई ३७० पाठापाठी वितरण गरेको हो । बङ्गुरका साना व्यवसायी कृषि उत्पादन केन्द्र (पकेट विकास कार्यक्रम) अन्तर्गत गाउँपालिकाले कृषकलाई नि, शुल्क बङ्गुरका पाठापाठी वितरण गरेको हो । पालिका अध्यक्ष प्रदिपकुमार चौधरीले व्यावसायिक बङ्गुरपालक किसानकाृ आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ पाठापाठी वितरण गरेका बताए ।
व्यावसायिकरुपमा बङ्गुपालन गरिरहेका किसानलाई सघाउने पलिकाको उद्देश्य हो, चौधरीले भने, बङ्गुरपालन सहज र मासु खपत पनि राम्रो रहेकाले किसानले घरमै बसुर आम्दानी गर्न सकिने व्यवसाय हो । हामी कृषि तथा पशुपालनमा आबद्ध किसानलाई प्रोत्साहन गर्ने कार्यमा सक्रिय छौँ । गाउँपालिकाका उपाध्यक्ष उमा महतोले पालेर व्यवसाय विस्तार गर्नुहोला । केही खिन पालेर काटेर खाने होइन, उनले भने , हामी निरन्तर अनुगमनमा आउने छौँ । राम्रोसँग पशुपालन गर्ने किसानलाई थप प्रोत्साहन गर्ने खालका कार्यक्रम पनि छन् ।
पशुसेवा शाखा प्रमुख नरबहादुर कार्कीले व्यावसायिकरुपमा बङ्गुरपालन गरिरेका १० वटा समुहलाई बङ्गुरका पाठापाठी वितरण गरिएको बताए । हामीले गाउँपालिकामा व्यावसायिकरुपमा बङ्गुरपालन गरिरहेका १० वटा समुहका ९० कृषकलाई प्रतिकृषकलाई तीन पाठी र समुहमा एक पाठा पर्ने गरी पाठापाठी वितरण गरेको छौँ । उनले भने, पाठापाठी वितरण गर्न रु २० लाख खर्च भएको छ ,यसलाई सदुपयोग गर्नुहोला ।