image
image

युनियन लाइफले पायो आइपीओ बिक्री गर्न अनुमति

काठमाडौँ १४ असार ।  युनियन लाइफ इन्सुरेन्सले आइपीओ बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको हो । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ । 
 
हाल युनियन लाइफको चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । चैत मसान्तसम्म यस इन्सुरेन्सले ८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जगेडा कोषमा ७३ करोड ७ लाख १४ हजार रुपैयाँ रहेको छ । यस्तै, जीवन बिमा कोषमा ६ अर्ब ९० करोड रुपैयाँ भन्दा बढी जम्मा भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।