नेप्से सामान्य अंकले बढ्दा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोस्रो दिन आज सोमबार सामान्य अंकले बढेको छ । आज नेप्से ५.६ अंकले बढेर दुई हजार ८ सय ७५ दशमलब ४५ विन्दुमा पुगेको छ । आज २१९ कम्पनीको १ करोड ९२ लाख ८२ हजार ८ सय १५ शेयर ८१ हजार ३ सय पटक कारोबार हुँदा ७ अर्ब ७२ करोड ५५ लाख बराबरको कारोबार भएको छ।
यस्तै आज कारोबार भएका समूहमध्ये पाँच समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सिभिल लघुवित्त वित्तिय संस्था र सबैको लघुवित्त वित्तिय संस्था रहेका छन् । जसको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ ।
त्यसैगरि, आज बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशीको कारोबार भएको छ । यस कम्पनीको आज ६६ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।