image
image

नवीकरण नगरे डिम्याट खाता रोक्का हुने

काठमाडौँ १४ असार । मर्चेन्ट बैंकहरूले सूचना प्रकाशित गर्दै आफ्ना हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका छन् । उनीहरूले नवीकरणका लागि समयसीमा ताेकेर वार्षिक शुल्क बुझाउन सेवाग्राहीलाई अनुरोध गरेका छन् ।

डिम्याट खाताधनीले वर्षभरी सेवा लिएवापत सम्बन्धित निक्षेप सदस्यलाई १०० रुपैयाँ र मेरो शेयर प्रयोगकर्ताले थप ५० रुपैयाँ शुल्क बुझाउनुपर्ने नियम छ । डिम्याट खाताधनीले आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्य, सम्बन्धित बैंक, कनेक्ट आईपीएस, ईसेवा, खल्तीजस्ता डिजिटल वालेटबाट नवीकरण शुल्क भुक्तानी गर्न भनिएको छ ।

सिद्धार्थ क्यापिटलले सूचना जारी गर्दै असार ३१ गतेभित्र वार्षिक शुल्क भुक्तानी तिर्न अनुराेध गरेकाे छ । त्यस्तै एनआइबिएलएस क्यापिटलले पनि असार मसान्तभित्र, प्रभु क्यापिटलले प्रभु बैंक लिमिटेडको खातामा श्रावण १५ भुक्तानी गर्ने भनेका छन् । साथै यसका साथै नेपाल बैंक, सनराइज क्यापिटल, आरबीबी मर्चेन्ट बैंक, कुमारी बैंक, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, कृति क्यापिटल, बैंक अफ काठमाण्डू क्यापिटल, नेपाल एसबीआई मर्चेन्ट लगायतले पनि नविकरण शुल्क बुझाउन सूचना प्रकाशित गरिसकेका छन् ।


 यसैगरी सम्बन्धित बैंको सूचनामा नवीकरण नगरे डिम्याट खाता रोक्का हुने समेत बताईएको छ । 
   
      

   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।