image
image

सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेले ८ प्रतिशत प्रतिफल पाउने

काठमाडौँ १४ असार । सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेले ८ प्रतिशत प्रतिफल पाउने भएका छन् । कोषले आर्थिक वर्ष २०७६/७७ भित्र सूचीकृत भई योगदान गरेका योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल भएको हो ।


 
सोमबार कोषको पत्रकार सम्मेलनमा दाखिला भएको रकमको आधारमा योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल वितरण गर्न मिल्ने र साे वितरणको निर्णय भएको प्रवक्ता विवेक पन्थीले जानकारी दिए। साथै उनले सो रकम कोषले सम्वन्धित योगदानकर्ताको सामाजिक सुरक्षा कोषको खातामा चाँडै जम्मा गरिदिने उनले बताए। 

त्यस्तै पन्थीले कोषले सञ्चालन गर्ने औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा असक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार र आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार रुपैयाँ रकम कोषबाट दाबी भुक्तानी भएको बताए।यसैगरी वृद्धावस्था सुरक्षा योजनामा ८७४ योगदानकर्तालाई ६ करोड ९७ गरी जम्मा ११ करोड ६२ लाख रुपैयाँ कोषबाट दाबी भुक्तानी भएको उनले बताए।

 हाल कोषमा १४ हजार ५८० रोजगारदाता सुचिकृत भएका छन् भने ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको छ।
   
    
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।