एनआइसीले मेरो माइक्रोफाइनान्सको सेयर फेरि ल्यायो लिलामीमा
काठमाडौं, १५, असार । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर फेरि आज (असार १५ गते) देखि लिलामी बिक्री खुला गरेको छ । यसअघि कैंयौपटक लिलामी बिक्री खुला गर्दा आवेदन नपरेपछि बैंकले कम्पनीको बाँकी रहेको ५८ हजार ५६८ कित्ता संस्थापक सेयर फेरि बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम ५३१ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा असार २१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।