image
image

प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन आह्वान  

काठमाडौँ, १५, असार । टीकापुर नगरपालिकाले मेयर प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ को नगरसभाबाट पारित भएबमोजिम प्राविधिक विषय अध्ययन गर्न चाहनेका लागि छात्रवृत्ति दिन आवेदन माग गरिएको हो ।

छात्रवृत्तिका लागि रु १० लाख बजेट विनियोजन भएको छ । यो रकमले टीकापुरमै सञ्चालित दुईवटा प्राविधिक विद्यालयमा ४०  विद्यार्थीललाई यो सुविधा दिइने नगरपालिकाको तयारी रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीले बताए । “आवेदन सङ्कलनका लागि विद्यालयलाई जिम्मा दिएका छौँ ।

 विद्यालयले आवेदन दिन विद्यार्थीलाई सघाउनेछन्”, शिक्षा शाखा प्रमुख चौधरीले भने, “अब स्थानीय ठाउँमै प्राविधिक शिक्षामा पालिकाले सघाउने उद्देश्य हो । यसले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लाभ हुनेछ ।” नगरपालिकाले विद्यार्थीलाई बाली विज्ञान तथा ओभरसियर अध्ययनमा छात्रवृत्ति दिनेछ । 

नगरपालिकाले यसका साथै जोहेन्दार, अनाथ, असहाय र गरिब विद्यार्थीका लागि पनि उपमेयर छात्रवृत्ति कार्यक्रम अघि सारेको छ । यस्ता विद्यार्थीलाई सघाउन रु १० लाख रकम विनियोजन गरेको छ । यस कार्यक्रमअन्तर्गत कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।