image
image

नेपाली भान्सामा बढी पाक्ने चामलमा परनिर्भरता बढ्दै

काठमाडौँ, १५, असार । नेपाली भान्सामा सबैभन्दा बढी पाक्ने चामल र त्यसको कच्चा पदार्थ धानमा परनिर्भरता बढ्दै गएको छ । जनसंख्या वृद्धिदरका आधारमा नेपालमा धानको उत्पादन नबढेको र नेपालमै उत्पादित धानको चामल मीठो नभएको भन्दै मीठो चामलको खोजीमा वर्षमा आधा खर्बभन्दा बढी रुपैयाँ विदेशी बजारमा पगेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

नेपालको हालको जनसंख्या र २०६८ को जनगणनाका आधारमा परिवार संख्या निकाल्ने हो भने एक परिवारबराबर ११ महिनामा २१० किलो धान–चामल विदेशी बजारबाट आएको छ । चामलको आयात मात्रै गणना गर्दा पनि करिब १५० किलो एक परिवारबराबर आयात भएको छ ।

२०६८ को जनगणनाअनुसार नेपालीको एउटा परिवारमा औषत ५ जना सदस्य रहेका  छन् । अहिले रहेको ३ करोड जनसंख्याका आधारमा ६० लाख परिवार रहेको छ ।चालु आर्थिक वर्षको ११ महिनामा धान र चामल गरेर १ अर्ब २६ करोड ६४ लाख ८२ हजार २ सय ८३ किलो आयात भएको छ । यो प्रतिपरिवार २ सय १० किलो पर्न आउँछ । 

धान–चामल किन्नका लागि मात्रै नेपालीले ११ महिनामा ४८ अर्ब १६ करोड २३ लाख ४९ हजार रुपैयाँ बराबर रकम विदेशमा पठाएका छन् । नेपालीले विदेशबाट कमाएर पठाएको रकममध्ये चामल किन्नका लागि करिब ६ प्रतिशत विदेशी बजारमा फर्किएको छ । चालू वर्षको १० महिनामा ८ खर्ब ९ अर्बको रेमिट्यान्स आएको छ । यही १० महिनाको अवधिमा भने ४४ अर्बको धान–चामल आयत भएको छ ।

पहिले चामल बेच्थ्यो अहिले नकिनी चल्दैन

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०३५/३६ मा नेपालले २४ करोड ३८ लाख रुपैयाँको चामल निर्यात गरेको छ ।त्यतिबेला नेपालबाट विदेशी बजारमा १ अर्ब ५२ करोड ५४ लाख रुपैयाँको सामान गएको छ, जसमध्ये १६ प्रतिशत हिस्सा चामलको रहेको छ । त्यतिबेला कुल विदेशी वस्तु आयातको मात्र पनि ३ अर्ब चार करोड रहेको तथ्यांकमा उल्लेख छ ।

केन्द्रको अभिलेखअनुसार नेपालले सार्क मुलुकका साथै, चीन, मलेसिया, अमेरिकालगायत देशमा पनि चामल निर्यात गर्ने गरेको थियो । नेपालको व्यापार घाटा बढाउने प्रमुख वस्तु धान-चामल भएको छ ।आर्थिक वर्ष आर्थिक वर्ष २०७३/७४ मा नेपालले २४ अर्ब रुपैयाँ बराबरको धान–चामल आयात गरेकोमा ५ वर्षको अवधिमा दोब्बर वृद्धि भएर ४८ अर्बमाथि पुगेको छ ।

नेपालमा धानको उत्पादन

पछिल्लो ६ वर्षको तथ्यांक केलाउने हो भने १ लाख ११ हजार हेक्टर क्षेत्रफलमा धानखेती विस्तार गरिएको छ । आर्थिक वर्ष २०७२/७३ मा नेपालले १३ लाख ६२ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरेको थियो । यो पछिल्लो १० वर्षपछिको सबैभन्दा कम क्षेत्रमा धानखेती गरेको वर्ष हो । २०७२/७३ लाई आधार वर्ष मान्ने हो भने २०७७/७८ को अनुमानसँग धानखेती गर्ने जग्गा १ लाख ११ हजार हेक्‍टर बढेको छ । धानको उत्पादन धानको उत्पादन चार लाख मेट्रिकटन बढेको छ ।

प्रतिहेक्टर धानको उत्पादकत्व ०.६७ मेट्रिकटन बढेको छ । आर्थिक वर्ष २०७२/७३ मा एक हेक्टरमा ३.१५ मेट्रिक टन धान उत्पादन हुने गरेको थियो भने चालु वर्षमा ३.८२ मेट्रिटक टन रहेको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।