आजबाट यी पाँच कम्पनीको संस्थापक शेयर बिक्रि खुल्ला
काठमाडौँ १५ असार । आजबाट यी पाँच कम्पनीको संस्थापक शेयर बिक्रि खुल्ला भएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, महुली लघुवित्त वित्तीय, नागरिक लगानी कोष र नेशनल लाईफ इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा बिक्रि खुल्ला भएको हो ।
उक्त लिलामी शेयरमा असार २१ गतेसम्म बोलकबोल पेश गर्दा प्रत्येक कम्पनीको तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरी खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने सकिनेछ । आरएमडीसी लघुवित्तको प्रतिकित्ता ४४१ रुपैयाँ मुल्य तोकेर ३ लाख ८४ हजार ९९५ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्तको प्रतिकित्ता मुल्य ५३१ रुपैयाँ तोकेर ५८ हजार ५६८ कित्ता लिलामीमा ल्याएको हो ।
त्यस्तै महुली लघुवित्तको प्रतिकित्ता मुल्य ७३० रुपैयाँ तोकेर ५५ हजार ७० कित्ता, नागरिक लगानी कोषको प्रतिकित्ता १२ सय रुपैयाँ तोकेर ३ लाख ५० हजार ३६९ कित्ता र नेशनल लाईफ इन्स्योरेन्सको प्रतिकित्ता ४१० रुपैयाँ मूल्य तोकेर २५ हजार ९९६ कित्ता संस्थापक शेयरमा लिलामीमा ल्याएको हो ।