image
image

नेप्सेद्वारा राधी विद्युतको शेयरमुल्य समायोजन, कति तोकियो मूल्य ?

काठमाडौं, १५ असार । राधी विद्युत कम्पनीको शेयरमुल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । नेप्सेको अनुसार कम्पनीको ३६.५० प्रतिशत बोनस पछिको मुल्य ८ सय २१ रुपैयाँ प्रतिकित्ता तोकेको हो ।

नेप्सेले कम्पनीकोे सोमबार भएको अन्तिम कारोबार मुल्य ११ सय २० रुपैयाँको आधारमा नयाँ मुल्य ८२१ रुपैयाँ निर्धारण गरेको हो ।कम्पनीको आजदेखि समायोजन भएको मुल्यको आधारमा कारोबार हुनेछ ।कम्पनीले सभाको लागि असार १५ (आज)देखि बुक क्लोज गरेको छ । हिजोसम्म कायम भएका शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने बोनस शेयर लिन पाउनेछन् ।

विगतका वर्षहरुमा १० दशमलव ६० प्रतिशतसम्म लाभांश वितरण गरेको यस कम्पनीले यो वर्षभने हालसम्मकै उच्च लाभांश वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सो पूँजीको आधारमा ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्रापूँजी चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम हुनेछ । 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।