फस्टाउँदै छ भक्तपुरको जुजु धौ व्यवसाय
काठमाडौँ १५ असार । असार १५ को अवसरमा रोपाइँमा मात्र होइन, घरघरमा दही चिउरा खाने लोक परम्परा रहेको छ । केही वर्षदेखि असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउँदै आएको छ । दही चिउरा खाने परम्पराले असार १५ मा बजारमा दहीको अत्याधिक माग हुने गरेको छ ।
भक्तपुर दहीको लागि प्रसिद्ध छ । यहाँको जुजु धौ विश्वप्रसिद्ध रहेको छ । दहीका पारखीहरु मात्र होइन, सर्वसाधारण जोसुकैलाई यहाँको दहीले मन लोभ्याउने गर्दछ । जुजु धौको लोकप्रियताले नै यसको व्यवसाय पनि फस्टाएको छ । भक्तपुरको मौलिक उत्पादन जुजु धौको स्वाद र गुणस्तरका कारण यसको माग बढेसँगै व्यवसाय पनि फस्टाएको हो ।
नेवारी परम्परा अनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ । पछिल्लो समय भोजभतेरलगायत दैनिक उपभोगमा समेत दहीको प्रयोग बढ्दै गएको छ ।
भक्तपुरको जुजु धौले काठमाडौँ उपत्यकालगायत काभ्रेको बनेपा, पनौती, धुलिखेल, नुवाकोटको त्रिशुलीजस्ता छिमेकी शहरमा समेत माग रहेको भक्तपुर जुजु धौ व्यवसायी सङघका अध्यक्ष कृष्णगोपाल सैंजुले बताए । ‘‘दहीको प्रयोगको दायरा फराकिलो बन्दै गएसँगै जुजु धौको माग समेत दिनदिनानु बढ्दो छ’’, उनले भने, ‘‘झन् विवाहको समयमा त माग धान्न नै धौधौ हुने गर्दछ’’, उनले भने ।
ठूला विवाह, ब्रतवन्धजस्ता भोजमा डेरीको दही प्रयोग गर्ने पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीहरुले समेत अचेल जुजु धौ नै प्रयोग गर्न थालेको सैंजुले बताए । कोरोना महामारीले ठूला भोज आयोजना नहुँदा यो बेलामा भने दहीको मागमा पनि कमी आएको उनको भनाइ छ ।