किबी झर्न थालेपछि कृषक चिन्तित
सोलुखुम्बु १५ असार । सोलुखुम्बुमा सरकारले दिने अनुदान तथा उत्पादनपछिको फाइदा बुझेपछि किबी खेतीमा लागेका कृषकलाई आजभोलि भने निरन्तरको वर्षाले चिन्तित बनाएको छ । बनाएको छ । वर्षात्का कारण बारीमा लगाएको किबी फल धमाधम झर्न थालेपछि कृषकहरु चिन्तित बनेका हुन् । भर्खर फल हुर्कंदै गर्दा डाँठ कुहिएर फल नै झर्न थालेपछि उत्पादनमा समेत गिरावाट आउने भन्दै कृषकहरु थप चिन्तित बनेका छन् ।
जिल्लामा अहिले ११५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा किबी खेती गरिंदै आएको छ । वार्षिक रुपमा ८० मेट्रिक टन किबी उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । सोलु दूधकुण्ड नगरपालिका–४ का सोनाम शेर्पाले एक हेक्टर क्षेत्रफलमा किबी खेती गदै आएका छन् । वर्षातका कारण फल झर्नका साथै बोटसमेत मर्न थालेको उनले बताए ।
किबी फलको बजार समेत राम्रो भए पनि अहिले देखा परेको समस्या कृषकका लागि चुनौती बनेको छ । अहिले नै ५० प्रतिशतभन्दा धेरै फल झरेको नेचा सल्यान गाउँपालिका–३ का साङगे लामा राईको भनाइ छ । जिल्लामा उत्पादन भएको ४० मेट्रिक टन किबी जिल्ला बाहिर निर्यात हुने गरेको ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । प्रतिकेजी रु। २०० देखि रु ८०० सम्ममा बिक्री हुने गरेको कृषकहरु बताउँछन् ।
एकपटक लगाएको बिरुवाले २० वर्षसम्म उत्पादन दिने विज्ञको सुझाव पछि सोही खेतीमा लागेका अर्का कृषक खिन्जु शेर्पा यसपटकको समस्याका कारण निराश बनेका छन् । “यस वर्ष उत्पादनमा धेरै गिरावट आउने हाम्रो अनुमान छ”, शेर्पाले भने, “कृषिमा आत्मनिर्भर बन्न खोजे पनि रोगले गर्दा सबै मन मरेर आउने रहेछ ।”
जिल्लाको सोलु दूधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी, महाकुलुङ, नेचा सल्यान र माप्य दुधकोशी गाउँपालिकाको विभिन्न क्षेत्रमा किबी खेती हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किबी ‘बल्क’ कार्यक्रम सञ्चालन गरेको छ । यसबाट विरुवा, थाँक्रालगायतमा अनुदान पाएपछि कृषकलाई राहत मिलेको थुलुङ दूधकोशी–९ का सम्पुरे तामाङको भनाइ छ ।