image
image

नेप्सेमा पहिरो

काठमाडौँ १५ असार । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनः उच्च अङ्कले ओरालो लागेको छ । सोमबार सामान्य अङ्कले बढेको नेप्सेले मंगलबार  घटेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार ४७.४९  अङ्कले घटेर नेप्से दुई हजार २८२८ मा ओर्लेको छ ।  यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.८७  बिन्दुले घटेर ५२३.७० मा ओर्लेको छ ।

त्यस्तै नेप्सेको ओरालो यात्राको प्रभाव कारोवार रकममा समेत देखिएको छ । आज कूल २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३ सय ८१ शेयर ७५ हजार ८ सय ८० पटक कारोबार भएको छ ।नेप्सेका अनुसार आज नेप्सेमा ६ अर्ब ७२ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये माइक्रोफाइनान्स बाहेक अन्य सबै समूह घटेका छन् । 


त्यस्तै, आज एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा ओरियण्टल होटल रहेको छ  । जसको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ ।  

त्यसैगरि, आज तीन कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । सर्वाधिक शेयरमूल्य घट्ने कम्पनीहरुमा प्रोग्रेसिभ फाइनान्स, हाइड्रोइलेक्टोसिटी एउड डेभलपमेन्ट कम्पनी र बेष्ट फाइनान्स कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशतले घटेको छ ।
 
कारोबारको आधारमा आज सबैभन्दा बढी राद्यी विद्युत कम्पनी कारोबार भएको छ । यस कम्पनीको आज ४९ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।