image
image

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल प्रदान गर्ने 

काठमाडौँ १५ असार ।  नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको सञ्चित नाफाबाट एक प्रतिशत थप प्रतिफल दिने घोषणा गरेको छ । अवकाश कोष सञ्चालन कार्यविधि,२०५९ अनुसार २०७७ असार मसान्तसम्मका उक्त कोषमा सहभागीहरूको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने तथा त्यसका लागि रु एक अर्ब तीन करोड विनियोजन गरिएको कोषले जनाएको छ ।

उक्त प्रतिफल रकम सम्बन्धित सहभागीहरूको खातामा दाखिला भइरहेको तथा उक्त कार्यक्रममा ब्याज दरको अतिरिक्त थप प्रतिफल निरन्तर रुपमा प्रदान गरिने भएको छ । एक प्रतिशतको प्रतिफलबाट सहभागीहरूलाई महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण परेको आर्थिक प्रभावलाई केही मात्रामा घटाउन सहयोग पुग्ने विश्वास कोषले व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।