कमोडिटी एक्सचेन्जका लागि न्यूनतम पुँजी डेढ अर्ब
काठमाडौँ - वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालनका लागि एक अर्ब ५० करोडदेखि २ अर्बसम्म रुपैयाँसम्म चुक्ता पुँजी हुनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका—२०७८ लागू गर्दै एक्सचेन्जहरुलाई कारोबार गर्ने वस्तुका आधारमा चुक्ता पुँजी तोकेको हो ।
निर्देशिकामा वस्तु विनिमयसम्बन्धी नियमावली २०७४ को अनुसूची १३ खण्ड ‘क’, ‘ङ’ र ‘च’ मा रहेका वस्तुको कारोबारको लागि १ अर्ब ५० करोड पुँजी तोकेको छ । उक्त अनुसूचिमा कपास, अलैँची, जिरा, खुर्सानी, मरिच, काजु, सुपारी, मुसुरो, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सुर्ती, जुट, अदुवा, बेसार, फलफूल तथा सोबाट निर्मित जुसलगायतका कृषिजन्य उत्पादनहरु, नरिवलको तेल, पाम तेल, तोरीको तेल, भटमासको तेल, सूर्यमुखी तेल, आलसको तेल तथा चिनी, सख्खर, चिया, कफी, अन्डा, जडीबुटीलगायत वस्तु तोकिएको छ ।
यसैगरी नियमावलीको अनुसूची १३ को ‘ख’, ‘ग’ र ‘घ’मा रहेका वस्तुको कारोबारको लागि २ अर्ब पुँजी हुनुपर्ने व्यवस्था गरिएको छ । अनुसूची १३ को ‘ख’ मा आल्मुनियम, तामा, सिसा, निकल, टिन, पित्तल, फलाम, स्टिलजस्ता धातुजन्य वस्तु जिंकधातुजन्य वस्तु आल्मुनियम, तामा, शिशा, निकल, टिन, पित्तल, फलाम, स्टिल, जिंक रहेका छन् । ‘ग’ मा बहुमूल्य धातु जस्तै, सुन, चाँदी, प्लाटिनम र ‘घ’ मा खनिज तेलजन्य वस्तु जस्तै– कच्चा तेल, पेट्रोलियन पदार्थ, प्राकृतिक ग्यास, हिटिङ आयल छ ।
वस्तु विनिमय बजार सम्बन्धी ऐन—२०७४ एक्सचेन्ज सञ्चालन गर्नका लागि न्यूनतम चुक्ता पुँजी ५० करोड रुपैयाँ तोकिएको थियो । ऐनले पुँजी तोक्ने अधिकार बोर्डलाई दिएको छ । यसै आधारमा बोर्डले निर्देशिका जारी गरी पँुँजी बढाएको हो ।
-कारोबार दैनिकबाट