ताराखोलामा सभाहल निर्माण
काठमाडौँ, १६, असार । सदरमुकाममै बन्न नसकेको बहुउद्देश्यीय सभाहल ताराखोला गाउँपालिकाले एक वर्षमा निर्माण गरेको छ । गण्डकी प्रदेश सरकारको १ करोड ६८ लाख र गाउँपालिकाको १ करोड १२ लाख गरी २ करोड ८१ लाख ३६ हजार रुपैयाँमा सभाहल निर्माण भएको हो । सभाहल ५ सय जना क्षमताको छ । यो जिल्लाकै ठूलो हो ।
स्थानीयले दिएको ५ रोपनी जमिनमा गाउँपालिकाले प्रतिष्ठा र गौरवको योजनाका रूपमा सभाहल बनाएको हो । सभाहल बनेपछि प्रशासनिक क्रियाकलाप, सभासमारोह गर्न थालिएको छ । सभाहलमा राष्ट्रिय जीवन, राजनीति र सशस्त्र द्वन्द्वमा मारिएका सहिदको चित्रसमेत कोरिएको छ । यो सभाहलभित्रै सार्वजनिक शौचालय, ड्रेसिङ कक्ष, विद्युत् आपूर्ति कक्ष, स्टोर, चमेना गृह र पार्किङसमेत बनाइएको छ ।
स्थानीय मगर समुदायले गर्ने अधिकांश सांस्कृतिक कार्यक्रम यहीं गर्न थालिएको भद्रबहादुर घर्तीले बताए । वडा २ अर्गलमा मात्र वर्षमा दर्जनबढी सांस्कृतिक महत्त्वका मेला हुने गर्छन् । ‘सभाहल बनेपछि गीतसंगीत, नृत्यका कार्यक्रमसमेत यहाँ सञ्चालन गर्न सकिने भएको छ,’ स्थानीय कुलबहादुर घर्तीले भने, ‘अब गाउँपालिका केन्द्रदेखि सभाहल जाने सडक कालोपत्रे गर्नुपर्छ ।’ कम्तीमा २ करोड खर्च लगानी गरेर सडक ढलान गर्ने योजना रहेको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताइन् ।