image
image

 १९ करोड बढीको तरकारी निकासी

काठमाडौँ, १६, असार । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको अवधिमै सर्लाहीको लालबन्दीबाट साढे १९ करोड रुपैयाँभन्दा बढीको तरकारी निकासी भएको छ ।तरकारीको पकेट क्षेत्रको रूपमा रहेको लालबन्दीबाट वैशाख र जेठमा मात्र १९ करोड ६८ लाख ८८ हजार रुपैयाँको तरकारी निकासी भएको हो ।

वैशाखमा १० करोड ५२ लाख ७२ हजार र जेठमा ९ करोड १६ लाख १६ हजार रुपैयाँको तरकारी निकासी भएको कृषि बजार व्यवस्थापन समिति लालबन्दीले जनाएको छ । गतवर्षको निषेधाज्ञामा तरकारी बाहिर पठाउँदा ठाउँठाउँमा अवरोध भएको थियो । यस वर्ष कहींकतै अवरोध नभएकाले असर नपरेको बजार व्यवस्थापक शम्भु घिमिरेले बताए । ‘यस वर्षको निषेधाज्ञामा तरकारीको राम्रो व्यापार भएको छ, गतवर्ष त किसानसहित हामीले पनि निकै सास्ती खेप्यौं,’ उनले भने, ‘निषेधाज्ञाको प्रभाव तरकारी बजारमा नपरेकाले किसानहरू पनि उत्साहित छन् ।’

लालबन्दी बजारका व्यापारीहरूले पनि यस वर्षको तरकारीको राम्रो व्यापार भइरहेको बताए । उनीहरूका अनुसार निषेधाज्ञामा तरकारी निकासीमा कुनै असर परेको छैन । सर्लाहीको उत्तरी क्षेत्रमा उत्पादन भएको तरकारी काठमाडौं, वीरगन्ज, नारायणघाट, जनकपुर, सिन्धुलीलगायत देशका प्रमुख सहरहरूमा निर्यात हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।