image
image

नेप्से सामान्य अंकले घट्दा फाइनान्सका लगानी कर्ताले कमाए 

काठमाडौँ  १६ असार ।  शेयर बजार परिसूचक नेप्से बुधवार (आज) सामान्य घटेको छ । नेप्से आज चार दशमलव १३ अङ्कले घटेर दुई हजार आठ सय २३ दशमलव ८७ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहका शेयर चार अङ्कले, व्यापारको २२ अङ्कले, होटल समूहको ५०, माइक्रो फाइनान्सको ४७, जीवन बीमा समूहको एक सय १२ र लगानी समूहको शेयर एक सय पाँच अङ्कले घटेको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, उत्पादन र अन्य समूहको शेयर भने बढेको छ ।

दुई सय २० कम्पनीका एक करोड ६२ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको ३० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज एचआईडीसीएलको शेयर सबैभन्दा धेरै चार प्रतिशतभन्दा धेरैले घटेको  छ । समग्र बजार घटे पनि पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टिपर्पोज फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ । त्यस्तै बेस्ट, आइसिएफसी, श्री इन्भेष्टमेन्ट फाइनान्स र कर्णाली विकास बैंकको मूल्य ७ प्रतिशत धेरैले बढेको छ। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।