image
image

नेपाल प्रहरीले वाणिज्य बैंकबाट बिनाधितो ऋण पाउने

काठमाडौँ  १६ असार । नेपाल प्रहरीले राष्ट्रिय वाणिज्य बैंकबाट बिना धितो पेशाकर्मी सरल कर्जा पाउने भएका छन्। बैंक र नेपाल प्रहरीबीच बुधबार एक सम्झौता भएको छ। सम्झौतामा बैंकका तर्फबाट सिइओ किरणकुमार श्रेष्ठ तथा प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले हस्ताक्षर गरे। 

सम्झौताअनुसार नेपाल प्रहरीको तलबी बचत खाता आगामी ५ वर्षसम्म राष्ट्रिय वाणिज्य बैंकबाटै संचालन हुने छ। हाल पनि सोही बैंकमै तलबी बचत खाता रहेकोमा यसलाई नवीकरण गरिएको हो।  


त्यस्तै प्रहरीलाई विनाधितो पेशाकर्मी सरल कर्जा उपलव्ध गराइनेछ। साथै कार्यक्रममा बैंकले प्रहरीलाई १० हजार थान सर्जिकल मास्क समेत प्रदान गरेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।