मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि खुल्यो
काठमाडौँ, १७, असार । मनकामना लघुवित्तले आजदेखि साधरण सेयर ९आईपीओ० को बिक्री खुलाएको छ । प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ८९ हजार कित्ता साधारण सेयर खुलाएको हो। कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने बताएको छ। एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको यसको आईपीओमा २१ गतेसम्म आवेदन दिन सकिन्छ।









