नेपाल बैंक लिमिटेडको क्रेडिट कार्ड सेवा सुरु
काठमाडौँ, १७, असार । नेपाल बैंक लिमिटेडले क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंकले निश्चित आयस्रोत र भुक्तानी क्षमताका आधारमा ग्राहकको दैनिक जीवनमा आइपर्ने आवश्यकता पूरा गर्न सहयोग पुर्याउने उद्देश्यले क्रेडिट कार्ड सेवा सुरु गरेको हो ।
कार्डको न्यूनतम सीमा २० हजार रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँ कायम गरिएको बैंकले जनाएको छ । यो कार्ड नेपाल, भारत र भूटानमा पनि प्रयोग गर्न सकिनेछ । भर्चुअल माध्यमबाट गरिएको एक कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले बैंकका ग्राहक निर्मल प्रधानलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै उक्त सेवाको सुरुवात गरेका हुन् ।