image
image

आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिकाबीच बीमा गराउने सम्बन्धी सम्झौता

काठमाडौं, १७, असार।  आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिकाबीच नगरवासीको भौतिक सम्पत्ति, बालीनाली,पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र शंखरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरे। सम्झौता पश्चात शंखरापुर नगरपालिकाका सबै कृषकहरुले आफनो पशुपन्छी तथा बालीनालीको बीमा गर्न सक्नेछन्।

शंखरापुर नगरपालिकाले नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली,पशुपन्छीतथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने अभियान थालनी गरी काठमाण्डौँ जिल्लामानै नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको जनाएको छ ।

नगर प्रमुख सुवर्ण श्रेष्ठले कृषक दाजुभाई तथादिदीबहिनीहरुको पशुपन्छी, बालिनालीको बीमापश्चात कुनै पनि कृषकले बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्ससँग सम्झौता गरी व्यवस्था मिलाएको बताए।

यसबाट कृषकहरुले अफनो सम्पत्तीको बीमा गरी ढुक्क हुनसक्ने वातावरण बनेको उनको भनाई छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।