image
image

सानिमा जनरल इन्सुरेन्सको साधारण सभा बुधबार हुदैँ

काठमाडौँ, १७, असार । सानिमा जनरल इन्सुरेन्सको स्थगित तेस्रो वार्षिक साधारण सभा असार २३ गते हुने  भएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलादी काठमाडौंमा विहान १०ः३० बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभामा कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा छ । यस्तै, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ । सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । यता, कम्पनीले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । तसर्थ, लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभा प्रयोजनका लागि कम्पनीले वैशाख २९ गते बुक क्लोज गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।