image
image

चीनबाट नेपाल भित्रिए सवारी साधन

काठमाडौँ  १७ असार । सामान ढुवानीमा प्रयोग हुने टिपर तथा बिरामी बोक्ने एम्बुलेन्स रसुवागढी नाकाबाट आयात भएका छन् । आयातको परिमाण २० ठूला टिपर एवं एक एम्बुलेन्स रहेका छन् ।  ती सवारी साधन भन्सार प्रक्रिया पूरा गरी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यही असार १ गतेदेखि १५ दिनको अवधिमा उक्त सवारी साधन पासाङ ल्हामु राजमार्ग हुँदै पर्साको वीरगन्जतर्फ प्रस्थान भएका बताइएको छ । सवारी साधनका अलावा फलफूल स्याउ, निर्माणाधीन विद्युत् आयोजनाका उपकरण, ओखर, लसुन, जुत्ता चप्पल, तयारी पोशाक, अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री रहेका छन् ।

आयात भएका सामग्री बोक्ने मालवाहक सवारी साधन नियमितरूपमा राजधानी काठमाडौँतर्फ प्रस्थान गरिरहेका छन् । अनिवार्य मास्क लगाउन र एक सहयोगीबाहेक अन्य व्यक्ति नराख्न चालकलाई बारम्बार आग्रह गरिएको प्रहरीले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै पासाङ ल्हामु राजमार्गमा गुड्ने सानाठूला सबै प्रकारका सवारी साधनमा ठाउँ ठाउँको जाँच परीक्षणमा भने शून्यता छाएको छ ।


अवैध चिजवस्तु ओसारपसार नियन्त्रण एवं सुरक्षा प्रदानका लागि सडक मार्गमा तैनाथ गरिएका सुरक्षा अङ्गले कोरोनाको त्रास बढेपछि परैबाट गाडी नम्बर टिपाइ छाड्ने गरेका छन् । चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनर भन्सार कार्यालयबाट सिलबन्दी भई आउने र अन्य सवारी साधनको हकमा जरूरी कामको प्रकृति हेरी कोभिड नियन्त्रण व्यवस्थापन समितिको अनुमतिमा मात्र गुड्ने भएकाले गैरकानूनी क्रियाकलापको आशङ्का गर्ने ठाउँ नरहेको प्रहरीले जनाएको छ ।

कोभिडको जोखिमलाई मध्यनजर राखी प्रहरीको रेखदेखमा स्वास्थ्य मापदण्ड पूरा गरेका चालक तथा कामदार मात्र रसुवागढी नाकामा जान पाउने र सीमा क्षेत्रमै एकीकृत रूपको परीक्षण गर्ने व्यवस्था गरिएकाले अन्य क्षेत्रमा थप परीक्षण गर्न आवश्यक नरहेको सुरक्षा निकायले बताएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।