image
image

नेप्से दोहोरो अंकले बढ्दा ४ कम्पनीको शेयर मूल्यमा सर्वाधिक वृद्धि  


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से १९.१२ अंकले बढेर दुई हजार ८ सय ४३ विन्दुमा पुगेको छ ।   नेप्सेका अनुसार आज नेप्सेमा ६ अर्ब ७० करोड ७७ लाख बराबरको कारोबार भएको छ । आज २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ शेयर ७० हजार १ सय ९८ पटक कारोबार भएको छ ।   


 कारोबार भएका समूहमध्ये नन लाइफ इन्स्योरेन्स समूहबाहेक मध्ये अन्य सबै समूह बढेका छन् ।त्यस्तै, आज चार कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमा ओरियण्टल होटल, गुडवील फाइनान्स कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।
   

त्यसैगरि, आज कुमारी इक्युटी फण्डको शेयरमूल्य सर्वाधिक घटेको छ  । जसको शेयरमूल्य करिब चार प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड भन्दा बढीको शेयर कारोबार भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।