image
image

मनकामनाको आइपीओः माग ३,८९००० कित्ता, पहिलो दिन नै     

काठमाडौं, १८, असार। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको ३ लाख ८९ हजार कित्ता सेयरमा पहिलो दिन नै ७९ लाख ५३ हजार ८७० कित्ता आवेदन परेको छ।
कम्पनीले बिहीबारबाट असार २१ गतेसम्म सेयर बिक्रीमा राखेको छ।

कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गरेको हो। कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ। यसमा ५ लाख ८८ हजार ३७२ जनाले आवेदन दिएका छन्। कम्पनीले जारी पुँजीको ३२।११ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरेको हो। सर्वसाधारणलाई छुट्याइएकोबाट कर्मचारी र सामूहिक लगानी कोषलाई पनि सेयर दिइने छ।

३ लाख ८९ हजार कित्ता सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४५० कित्ता कोषहरुले पाउने छन्। बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले दाबी गर्न पाउने छन्।कम्पनीको सेयर कम्तिमा १० कित्ताका लागि आवेदन दिन सकिन्छ। बढीमा एक हजार कित्तासम्म भर्न पाइने छ। अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।