image
image

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ८९ हजार कित्ता सेयर लिलामी खुला

काठमाडौं, १८, असार । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तकोे संस्थापक सेयर आज (असार १८ गते) देखि लिलामी बिक्री खुला गरेको छ । बैंकले स्वावलम्बनको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यसमा न्यूनतम ७०० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।
 
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा असार २९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।