थप नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय भएको छैन; बीमा समिति
काठमाडौँ १८ असार ।बीमा समितिले कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई इजाजत दिने निर्णय नभएको जनाएको छ ।समितिले विभिन्न अनलाइन तथा पत्रपत्रिकाहरुमा नयाँ कम्पनीलाई लाइसेन्स दिन लागेको भनि आएको समाचार प्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त जानकारी गराएको हो ।
विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारहरु असत्य, भ्राम र कपोलकल्पित रहेको त्यस्ता समाचार समितिलाई विवादमा पार्ने मनसायले प्रेरित रहेको समितिले आरोप लगाएको छ । यस्ता, समाचार प्रकाशन नगर्न समितिले सञ्चार माध्यमलाई आग्रह गरेको छ ।
यद्यपी समितिले लघुबीमा कम्पनी संचालनको लागि अनुमति दिने उदेश्यले अध्ययन समिति गठन गरेको छ ।