नागरिक लगानी कोषका सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर
काठमाडौँ १८ असर । नागरिक लगानी कोषका सेयरधनीले ९ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कोषले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण सार्वजनिक गर्दै उक्त बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
कोषको आर्थिक वर्ष २०७६/७७ मा करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रुपैयाँ छ । खुद मुनाफामध्ये बाँडफाँटयोग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रुपैयाँ रहेको कोषले जानकारी दिएको छ ।
उक्त रकमबाट १२ करोड ३९ लाख ३४ हजार रुपैयाँ साधारण जगेडामा राखी बाँकी रकम मध्येबाट आर्थिक वर्ष २०७६/७७ मा ९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १ खर्ब ७२ अर्ब रुपैयाँ रकम संकलन र १ खर्ब ७१ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेको कोषले जनाएको छ ।