image
image

बढ्यो आँधीखोला लघुवित्त वित्तीय संस्थाको नाफा, कति ?   

काठमाडौं माघ २४  । आँधिखोला लघुवित्त वित्तीय संस्थाको पुस मसान्तसम्मको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार संस्थाले  १ करोड ८० लाख नाफा आर्जन गरेको छ । 

हिजो सार्वजनिक गरेको विवरणमा  चालु आर्थिक वर्षको दोस्रो मसान्तसम्ममा कम्पनीले १०३ प्रतिशत नाफा कमाएको उल्लेख  छ । गत वर्ष सोही अवधिमा ८८ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवमा खुद ब्याज आम्दानी र संचालन नाफामा बृद्धि भएकोले नाफा बढेको कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

५ करोड ८७ लाख रुपैयाँ कम्पनीले जगेडा कोषमा सुरक्षित राखेको छ भने १० करोड रुपैयाँ कम्पनीको चुक्तापुँजी रहेको छ । ५९ लाख ७ हजार खराब कर्जा उठाउन चालु आवमा कम्पनी सफल भएको छ । कम्पनीको मुल्य आम्दानी अनुपात १२.०४ प्रतिशत, तरलता अनुपात ५.७० प्रतिशत, प्रतिशेयर आम्दानी ३६.०४ प्रतिशत र नेटवर्थ १५८.७३ प्रतिशत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।