image
image

वीरगंजमा सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ

काठमाडौँ, १९, असार । वीरगंज महानगरपालिकाले सामाजिक भत्ता वितरण गर्न ढिलाई गरेको छ । चालु आर्थिक वर्षको गत चैतदेखि भत्ता अझै वितरण गरेको छैन । वीरगंजमा ३२ वटा वडामा गरी करिब १० हजार जना लाभग्राही छन् । उनीहरुले वर्षमा ४-४ महिनामा गरी तीन पटक सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन्  । एउटा चौमासिकमा महानगरले ९/१० करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ताबापत निकासा गर्छ ।

महानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकण शाखा प्रमुख बुद्धिमाया गुरुङले आगामी सोमबारपछि भत्ता पठाउने काम शुरु गर्ने तयारी रहेका बताइन् । ‘केही नामावली रुजु गर्न वडा कार्यालय पठाएको छौँ, आइतबारसम्म सबै आइपुग्छ,’ त्यसलगतै मेयर साब र बैंकका प्रबन्धकज्युको बैठक सकेर सबै लाभाग्राहीको खातामा पैसा पठाउछैँं ।’ वीरगंजमा नेपाल बैंक, कुमारी, कृषि विकास, ग्लोबल आईएमइ, सनराइज बैंक र ज्याति विकास बैंकलगाइतमा लाभग्राहीका खाता छन् । महानगरले पैसा निकासा गरेपछि लाभग्राहीले चेकमार्फत पैसा झिक्छन् । लाभग्राहीको संख्या ११ हजार ३ सय ८६ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।