सात महिनादेखि बलेन बत्ति: अध्यारोमा बस्न बाध्य बासिन्दा
कालीकोट । बिगत सात महिनादेखि विद्युत अवरुद्ध हुँदा कालिकोटका बासिन्दाहरु अँध्यारोमा बस्न बाध्य छन। बाढी पहिरोका कारण गत साउन २ गतेदेखि अवरोध भएको पोतमारा जलविद्युत् आयोजना समयमा नबन्दा स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका हुन् ।
बिग्रिएको आयोजना बनाउन ठेक्का भएर काम गर्नका लागि सम्झौता भएको पनि दुई महिना पुग्दैछ तर पनि काम भनेअनुसार हुन नसकेपछि विवेकशील साझा पार्टीले कालीकोट वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ । विवेकशील साझा पार्टी कालीकोटका संयोजक अनिलबहादुर बुढाले ध्यानाकर्षण पत्र कार्यालय प्रमुखले बुझ्न नमानेको बताए।
यता कार्यालय प्रमुख मेखराज जोशीले पुस १४ गते भैरवनारायण जेभीसँग कामको सम्झौता भएको र वैशाख १४ मा काम सक्ने कार्यालयको ताकेता भएकाले त्यसभन्दा अगाडि नै पत्र नबुझेको बताए। कालीकोटमा अहिले जेनेरेटरबाट दैनिक छ घण्टा बत्ती दिने गरिएको छ । बत्ती नभएका कारणले दैनिक काममा समेत अवरोध भएको छ । जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन बत्तीको कारणले स्थानीय तहलाई समय तोकेको छ ।
दैनिक ६० लिटर डिजेल खर्च हुँदै आएकाले व्यवस्थापनमा समेत समस्या भएको नेपाल विद्युत् प्राधिकरण कालीकोट शाखाको भनाइ छ । बत्ती आउने समय कार्यालयले तोकेको आगामी वैशाखमा हो तर काम सकिन्छ कि सकिँदैन भन्ने यकिन छैन ।