image
image

किसानलाई दूधको भुक्तानी नरोक्न कृषि मन्त्रालयद्वारा संस्थानलाई करोडौंको ऋण

काठमाडौँ १९ असार । पशुपालक किसानको दूधको भुक्तानी नियमित गर्न कृषि विकास तथा पशुपन्छी  मन्त्रालयले दुग्ध विकास संस्थानलाई २० करोड रुपैयाँ ऋण दिएको छ। निषेधाज्ञाको कारण बजारमा दूध र दुग्धजन्य पदार्थको बिक्री घट्दा सरकारी संस्थानको आर्थिक कारोबार प्रभावित भएर किसानलाई  दूधको पैसा तिर्न नसकेपछि मन्त्रालयले ऋण दिएको हो ।

संस्थानका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले वर्षायाममा खेतिपाती कम र खर्चको समस्या हुने भएकाले मन्त्रालयले किसानको भुक्तानी नरोक्न संस्थानलाई ऋण उपलब्ध गराएको बताए । करिब वर्षदिनदेखि कारोबार प्रभावित हुँदा संस्थानमा किसानको करिब ४५ करोड रुपैयाँबराबरको भुक्तानी रोकिएको छ। दूध बिक्री गरी दैनिक गुजारा चलाउदै आएका किसानलाई भुक्तानी रोकिँदा निकै मर्का परेको छ।

पछिल्लोपटक करिब ३ महिनाभन्दा बढीको भुक्तानी बक्यौता छ। यतिबेला संस्थानसँग करिब एक अर्ब बराबरको दुग्धजन्य पदार्थ स्टक रहेको छ। पुरानो स्टक सकिन नपाउदै नयाँ उत्पादन थपिदै गएको छ ।   
   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।