image
image

साताकाे सेयर बजार : नेप्से स्थिर

काठमाडौँ १९ असार । यो साता सेयर बजार स्थिर रहेकाे छ । गत साता २८४३ विन्दुमा राेकिएकाे सेयर बजार यस साता पनि २८४३ विन्दुमै आएर राेकिएकाे छ ।बजार निरन्तर बढ्दा पनि बैंकिङ्ग क्षेत्र भने राम्ररी बढेकाे थिएन । बैंककाे सेयरमूल्य अझै पनि न्यूनतम नै छ । अब भने बैंकिङ्ग क्षेत्रकाे बढ्ने पालाे आएकाे केही विश्लेषकहरूकाे अनुमान छ । 

गत साता नेप्से परिसूचक १२५ दशमलव ४३ अंकले घटेर २८४३ विन्दुमा झरी रोकिएको थियाे । यो साताकाे ५ कारोबार दिनमा ३ दिन बजार बढेको थियाे भने २ दिन बजार घटेको थियाे ।

यो साता सेन्सेटिभ परिसूचक भने ३.०७ अंकले बढेर ५२८ दशमलव ७१ विन्दुमा पुगी राेकिएकाे छ ।  गत साता सेन्सेटिभ परिसूचक १५ दशमलव ४७ अंकले घटेर ५२५ दशमलव ६४ विन्दुमा झरेको थियो ।

कारोबार रकमको कुरा गर्नुपर्दा दैनिक कारोबार रकममा पनि यो साता झनै गिरावट देखिएको छ । गत साताभरमा ४९ अर्ब १२ करोड १० लाख रूपैयाँ बराबरकाे काराेबार भएकाेमा यो साताभरमा जम्मा ३४ अर्ब १६ करोड ६५ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । यो  साता औसतमा दैनिक ६ अर्ब ८३ कराेडको सेयर काराेबार भएकाे हाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।