भ्यालेन्टाइन डे का लागि एक लाख ८० हजार गुलाफ भित्रिंदै
काठमाडौँ । यस बर्षको भ्यालेन्टाइन डे का लागि भारतबाट एक लाख ४० हजार मूल्य बराबरको डाँठसहितको गुलाब फूल नेपाल भित्रिने भएको छ। यस पटकको भ्यालेन्टाइन डेका लागि करिब एक लाख ८० हजार गुलाफ फूलको माग रहेको नेपाल फ्लोरिकल्चर एसोसिएशनले जनाएको छ।
बिक्री हुने एक लाख ८० हजार स्टिममध्ये विदेशबाट करिब एक लाख ४० हजार ल्याइने र ४० हजार स्टिम आन्तरिक उत्पादन हुने फ्लोरिकल्चर व्यवसायीले बताएका छन्। गुलाफको फूल मूल्य प्रति स्टिम ८० देखि एक सय रुपैयाँसम्म छ। यो मूल्य गत वर्षभन्दा २० रुपैयाँ बढी हो।
हरेक वर्ष प्रणय दिवसका लागि करिब एक करोड रुपैयाँभन्दा बढीको रातो स्टिम गुलाफको कारोबार हुँदै आएको थियो। तर, यसपाली भने कोरोनाका कारण गत वर्षको तुलनामा २० हजार स्टिम गुलाफको माग कम भएको छ।