image
image

निषेधाज्ञा खुकुलो भएसँगै दूधको खपतमा सुधार

काठमाडौं, २०, असार । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो हुँदै गएपछि दूध तथा दूग्धजन्य पदार्थको खपत तथा बजारीकरणको अवस्थामा सुधार आएको छ । असार १५ यता दूध तथा दूग्धजन्य पदार्थको खपत र बजारीकरणमा विस्तारै सुधार आएको निजी डेरी व्यवसायीले बताएका छन् ।

काठमाडौं उपत्यकामा गत असार १४ गतेदेखि निषेधाज्ञा केही खुकुलो हुँदै बजार, पसल दिनमा पनि खुल्ने र सार्वजनिक तथा निजी सवारी जोर बिजोर प्रणालीमा सञ्चालनमा आउन थालेका कारण पनि दूग्धजन्य पदार्थको माग बढेको देखिन्छ ।

असार १५ र त्यसयता दूधको खपत र बजारीकरणमा केही सुधार देखिएको नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहाल बताउँछन् । उनका अनुसार, अहिले करिब ७० प्रतिशत दूध तथा दूग्धजन्य पदार्थको खपत र बजारीकरण भइरहेको छ ।

यसअघि कडाई गरि लगाइएको निषेधाज्ञाका बेला दूग्ध पदार्थको खपत ४० प्रतिशतमा खुम्चिएको थियो । त्यतिबेला दैनिक रुपमा १० करोड बढीको दूध तथा दूग्ध पदार्थ नोक्सान वा खेर गएको व्यवसायीले बताएका थिए ।

अहिले निषेधाज्ञा खुकुलो भएर बजार सुचारु हुन थालेको र ढुवानीमा समेत सहजता हुँदा दूधको बजारमा केही सुधार आएको दाहालले बताए ।

यता, सरकारी स्वामित्वको दूग्ध विकास संस्थान९डीडीसी० ले पनि दूधको बजार र खपत सामान्य बढेको जनाएको छ । दूधको खपत र बजार उल्लेख्य बढ्न स्कुल, कलेज र होटल तथा रेष्टुरेन्ट पनि खुल्नुपर्ने डीडीसीका महाप्रवन्धक रुद्रप्रसाद पौडेलले बताए । 

डीडीसीको बजारमा ९० हजार लिटर दूधको माग छ । तर, अहिले ७४ हजार लिटर दूधमात्रै बजारमा गइरहेको उनले बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।