image
image

आधार दरमा बैंकहरुको चलाखी

काठमाडौं, २०, असार। केही वाणिज्य बैंकहरुले चैतमा निक्षेपको ब्याज दर बढाए। त्यसपछि वैशाख लागेपछि नै उनीहरुले निक्षेपको ब्याज दर घटाइदिए।निक्षेपको ब्याज बढाउँदा लागत बढ्छ भने घटाउँदा कम हुन्छ। यसले ऋणको ब्याज दर प्रभावित हुन्छ।

ब्याज दर परिवर्तन बजार सिद्धान्त (माग-आपूर्ति )को सामान्य अंग हो। तर, यसपाली बैंकहरुले चैतमा बढाएर वैशाखमै घटाउने जुन उपाय निकाले( त्यो सिद्धान्त अनुसार थिएन, रणनीति अनुसार थियो।कर्जाको ब्याज दर वृद्धि गर्दा आधार दरमा भएको वृद्धिसम्म मात्र बढाउन पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यस्तो वृद्धि एक त्रैमासमा एक पटकसम्म मात्र गर्न सकिन्छ। 

हो, यही व्यवस्थाको ुलुप होलु मा बैंकहरुले खेलेका हुन्। यो व्यवस्था अनुसार, ऋणको ब्याज एक त्रैमासमा एक पटक मात्र परिवर्तन गर्न पाइन्छ। अर्थात तीन महिनामा एक पटक। 

जस्तो चैतमा निक्षेपको ब्याज बढाइदिएपछि लागत बढ्छ र बैंकहरुको आधार दर उक्लिन्छ।आधार दर बढेपछि त्यसै अनुसार ऋणको ब्याज कायम हुन्छ–अर्को तीन महिनासम्म। निक्षेपको ब्याज चैतमा बढाए पनि वैशाखमा घटाएपछि लागत कम हुन्छ।

एक महिना खर्च बढाएर तीन महिना आम्दानी वृद्धि गर्ने रणनीति बैंकहरुमा देखियो,राष्ट्र बैंक स्रोतले भन्यो, यसो गर्दा बैंकहरुलाई खुद दुई महिना नाफा हुने भयो । बजारमा तरलता अभाव हुँदै गएर बैंकहरुले निक्षेपको ब्याज बढाए भन्ने पनि तर्क गरियो। तर अधिकांशले भने, लुप होलको फाइदा उठाउन यो काम गरेको देखिएको स्रोतको तर्क छ।

अहिले राष्ट्र बैंक मौद्रिक नीति लेखिरहेको छ। बैंकहरुको यो चलाखीका बारेमा उजुरीसमेत परिसकेको छ। स्रोतका अनुसार, यसपाली राष्ट्र बैंकले एक महिनाको आधार दरको आधारमा होइन, तीन महिनाकै आधार दर अनुसार ऋणको ब्याज कायम गर्ने ब्यवस्था गर्दैछ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।