पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव- कतै हिमपात, कतै वर्षा
काठमाडौँ माघ २४ । नेपालमा लामो समयसम्म हिउँदे वर्षा हुन सकिरहेको थिएन । मौसमविदका अनुसार आज पूर्व र मध्य क्षेत्रका केहि ठाउँमा पानि पर्ने सम्भावना देखिएको बताएका छन् ।
देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण कतै हिमपात भइरहेको र कतै वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको बताएका छन् ।
यो वर्षको हिउँदमा पानी ढिला गरी परेको र त्यसमा पनि सामान्य किसिमको मात्रै हुने मौसमविद् निराजन सापकोटाको भनाई छ । त्यसतै भोलिदेखि मौसम सुधार हुने उनको अनुमान छ ।