image
image

 सरकारद्वरा दुग्ध विकास संस्थान  २० करोड ऋण

काठमाडौँ, २०, असार । किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारले दुग्ध विकास संस्थान (डीडीसी)लाई २० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराएको छ । कोभिड–१९ को असहज परिस्थितिमा संस्थाको भुक्तानीका लागि सहजता प्रदान गर्न सरकारले ५ प्रतिशत ब्याजमा १० वर्षका लागि २० करोड रुपैयाँ ऋण उपलब्ध गराएको हो । 

संस्थाले वार्षिक दुई/दुई करोडका दरले सरकारलाई सो रकम फिर्ता गर्नुपर्ने सर्त रहको छ । कोरोनाका कारण दुग्ध पदार्थ बिक्री नभएर लामो समयदेखि किसानलाई भुक्तानी दिन नपाएको संस्था आर्थिक रूपमा कमजोर बन्दै गएको गएको थियो । सोही आर्थिक समस्याबाट माथि उठ्न डीडीसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत सरकारसँग सहुलियत ऋण मागेको थियो ।

सरकारबाट प्राप्त रकम वितरण गरे पनि किसानलाई दिनुपर्ने ४५ करोड रुपियाँ अझै बाँकी रहेको छ र सरकारबाट प्राप्त रकमले चैत १५ सम्मको बक्यौता रकम किसानलाई वितरण गर्ने डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलका जानकारी दिए ।

पछिल्लो समय निषेधाज्ञा क्रमशः खुकुलो हुँदै जाँदा दूध तथा दुग्धजन्य पदार्थको बिक्री वितरण पनि बिस्तारै बढ्दै गएकाले अब भने किसानको भुक्तानीका लागि गाह्रो नपर्ने पौडेलले बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।