image
image

मनकामना लघुवित्तको आईपीओमा ५८.५२ गुणा बढी आवेदन, कहिले सम्म दिन सकिन्छ आवेदन ?  

काठमाडौं, २०, असार । मनकामना स्मार्ट लघुवित्तको साधारण शेयर (आईपीओ)मा सबा १६ लाखले आवेदन गरेका छन् । आईपीओ निष्काशन भएको चौथो दिन आइतबार बिहान ११ बजेसम्ममा उक्त संख्याले आवेदन गरेका हुन् । 

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले उपलब्ध गराएको तथ्यांक अनुसार ११ बजेसम्म लघुवित्तको आइपीओमा १६ लाख १२ हजार बढी आवेदन परेको छ । उक्त आवेदन सर्वसाधारणबाट माग गरिएको तुलनामा ५८.५२ गुणा बढी हो ।

आवेदनबाट २ करोड १२ लाख ७० हजार कित्ता शेयर माग भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । 

जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागी छुट्याईएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा सोमबार ९असार २१ गते० सम्म आवेदन गर्न सकिनेछ ।

लगानीकर्ताहरुले अनलाईन मार्फत मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।