image
image

ज्योति विकास बैंकको १५ लाख इकाई बन्ड बिक्री खुला, यसमध्ये सर्वसाधारणलाई कति ?

काठमाडौँ, २०, असार । ज्योति विकास बैंकले आज आइतबार (असार २० गते)देखि १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई बन्ड बिक्री खुला गरेको छ । यसमध्ये ६ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी ९ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । यस बन्डमा वार्षिक ९ प्रतिशत ब्याज पाइनेछ । ज्योतिले ‘९ प्रतिशत, १० वर्ष, ज्योति विकास बैंक बन्ड २०८७’ बिक्रीमा ल्याएको हो । यो बन्ड वि.सं २०८७ मा परिपक्क हुनेछ । 

यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । लगानीकर्ताले असार २३ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन पाइनेछ । बोन्डमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्छ । न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म भर्न पाइनेछ । यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।