image
image

नेसनल हाइड्रोपावरले असार ३१ मा बोलायो साधारण सभा

काठमाडौँ, १९, असार । नेसनल हाइड्रोपावर कम्पनीले असार ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं विनायकनगरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ । 
 
यस्तै, आर्थिक वर्ष २०७७–७८ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । कम्पनीले विगतमा जस्तै यसपालि पनि लगानीकर्तालाई लाभांश नदिने भएको छ । सभामा लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समेटिएको छैन । यसअघि कम्पनीले चैत २७ गते बोलाएको सभा गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको थियो । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।