image
image

लक्ष्मी बैंकले असार २८ देखि ऋणपत्र बिक्री खुला गर्ने

काठमाडौं, २०, असार । लक्ष्मी बैंकले असार २८ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लगेको हो । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा २० लाख कित्ता ‘लक्ष्मी ऋणपत्र २०८८’ जारी गर्न लागेको हो । यसमध्ये ८ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । बाँकी १२ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यसमा वार्षिक व्याजदर ८.५५ पाइनेछ ।
 
यस ऋणपत्रमा असार ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा साउन ११ गतेसम्म बिक्री खुला हुनेछ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ । लक्ष्मीले ऋणपत्र निष्कासनका लागि सिभिल क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।