अमेरिकामा एकै महिनामा ८ लाख भन्दा बढी रोजगारी
काठमाडौँ, २०, असार । विश्वको सबैभन्दा ठुलो अर्थव्यवस्था अमेरिकामा एकै महिनामा ८ लाख ५० हजार वटा रोजगारी सृजना भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)संक्रमण महामारीपछि पहिलो पटक जुनमा यति धेरै रोजगारी सृजना भएको हो । समाचार संस्था सीएनएनले बताएको छ । यो महिनामा हस्पिटालिटी उद्योगले सबैभन्दा धेरै ३ लाख ४३ हजार रोजगारी सृजना गरेको छ ।









