image
image

शेयर बजारमा ८.४८ अंकको गिरावट हुँदा खुम्चियो  कारोबार

काठमाडौँ २० असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ८.४८ अंकले घटेर दुई हजार आठ सय ३४ दशमलब ५२ विन्दुमा थामिएको हो ।   

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ५ अर्ब ५ करोड ३५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका तीन वटा समूह बाहेक अन्य सबै समूह घटेका छन् ।   


नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा १२ प्रतिशत गुडवील फाइनान्स डिभेञ्चर र ओरियण्टल होटल रहेका छ । गुडवील फाइनान्स डिभेञ्चरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । ओरियण्टल होटलको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ ।           

त्यस्तै, आज १०.२५ प्रतिशत डिभेञ्चर र १०.५० प्रतिशत एसबीएल डिभेञ्चरको शेयरमूल्य सर्वाधिक घटेको छ । यी कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।  

त्यसैगरि, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज साढे २१ करोड भन्दा बढीको शेयर किनबेच भएको छ ।  
 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।